Saturday, August 22, 2015

कुन सपनाले कस्तो फल दिन्छ ? थाहा पाई राखौ…


भदौ ६ । निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा कुनै जनावार सम्बन्धी । जस्ता पनि सपना हामी सबैले देख्ने गरेकै छौ । तर,हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहि आएको एक अध्यनले यस्तो देखाएको छ । तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, हेर्नुहोस ।

* थुक देखेमा – समस्यामा पर्नु
* माटो खानु – धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ
* चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
* आकाशमा उड्नु – लाभ हुन्छ
* पानीमा हिँड्नु – उन्नति
* पहाडमा हिँड्नु – इज्जत मिल्छ
* आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
* ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
* गरगहना देख्नु – कार्य पुर्ण हुनु
* सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
* सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
* चाँदी देख्नु – धन प्राप्त हुनु
* फूल देख्नु – प्रेम मिलन
* पानी पर्नु – बिरामी पर्ने या जाल झेलमा फसिनु
* पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
* जुवा खेलेको देखेमा – व्यापारमा लाभ
* सर्प मार्नु – कष्टबाट छुटकरा पाउने
* आकाशमा बादल देख्नु– सरकारको कृपा हुनु
* भुकम्प देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
* मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
* बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
* बाख्रा देख्नु – शत्रुको डर
* इनारमा झर्नु – मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ


0 comments:

Post a Comment