Wednesday, August 26, 2015

कैलाली घटनामा संलग्न दश पक्राउ


काठमाडौं–सोमबार कैलालीको मनुवा गाविस–६ सिमल चौराहमा आन्दोलनकारीद्वारा मारिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जोशिपुर–४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्क बहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ वर्षीय राम प्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० वर्षीय राम कुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेम बहादुर चौधरी रहेको प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।

0 comments:

Post a Comment