काठमाडौँ , भदौ ७ । उपप्रधान एवम् गृह मन्त्री बामदेव गौतमले टिकापुरमा प्रर्दशनकारीले गरेको कार्यलाई नरसंहारको संज्ञा दिएका छन् । केहीबेर अघि संसदमा बोल्दै मन्त्री गौतमले प्रहरीलाई जिउँदै जलाइने देखि भाला रोपिएर हत्या गर्ने सम्मका विभत्सकारी काम भएको बताए । हजारौँको संख्यामा आएका प्रर्दशनकारीले प्रहरीहरुलाई भाला, बन्चरो तथा हँसिया जस्ता घरेलु हतियार प्रयोग गरी हत्या गरीएको जानकारी दिए।
अहिले आक्रमणकारी सडकबाट हटी गाउँका घरहरुमा लुकेर बसेकोले सेनाको मद्धतमा उनीहरुको खोजीकार्य जारी राखीएको स्रोतको भनाई छ । नियोजित रुपमा यस्तो घटना गराइएको उनले पटक पटक दोहोर्याएका थिए।
0 comments:
Post a Comment