Sunday, August 23, 2015

नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन अन्य राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने सर्त


नेपालगञ्ज ,
मधेश केन्द्रीत राजनीतिक दलका नेताहरुले बाँकेमा जारी आन्दोलनको स्वरुप फेर्न आफुहरु तयार रहेको वताएका छन् । तर त्यसका लागि नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन अन्य राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने सर्त राखेका छन् ।
सात प्रदेशको सीमाङ्कनमा समेत चित्त नबुझाएको मधेशी मोर्चाले अहिले थारुहरुसँग सहकार्यात्मक आन्दोलन जारी राखेको छ । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन बाँकेका अन्य राजनीतिक दलहरुले सहयोग गरे बाँकेमा जारी आन्दोलनको स्वरुप फेरिन सक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले वताउनुभयो । मोर्चाको आन्दोलनमा बालबालिकाको प्रयोग भएको स्विकार गर्दै उहाँले त्यसलाई रोक्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
विभिन्न थरीका माग राखेर भिन्दाभिन्दै संघसंगठन तथा राजनीतिक दलहरुले बाँकेमा जारी राखेको आन्दोलनको स्वरुप फेर्न चर्को दवाव पर्दै आएको छ । वन्दको विरोधमा आज नेपालगन्जका व्यवसायीहरुले स्वःस्र्फुत ¥याली निकालेका थिए । साउन २६ देखिको बन्दले ब्यापार धरासायी भएको र बन्दकर्ता तोडफोडमा उत्रिएको भन्दै ब्यापारी बन्द विरुद्ध प्रतिकारमा उत्रिएका हुन् । बन्दकर्ताले भाडाका युवा र बच्चाहरु समेत प्रयोग गरि तोडफोडमा लागेको भन्दै सडकमा निस्किएको ब्यापारीले वताए । नेपालगन्ज धम्बोजीमा तयारी पोशाकको ब्यापार गर्दै आएकी ज्ञानुसिँह ठकुरीले बन्दकर्ता अराजक बन्दै गुडेको गाडी तोडफोड गर्ने, व्यापारीमा माथि आक्रमण गर्ने काम गरिरहेको भन्दै बन्दको विरोधमा उत्रनु परेको वताउनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दुइ हप्तादेखिको वन्दले व्यवसाय धरापमा परेको भन्दै विकल्प खोज्न वन्दकर्ताहरुलाई सुझाव दिइएको वताउनुभयो । यस्तै आन्दोलनमा संयमता अप्नाउन बाँकेका अधिकारकर्मीहरुले आज विज्ञप्ती निकालेर आग्रह गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई छुट भएपनि अरुलाई असहज गर्ने गरि आन्दोलन नगर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन्

0 comments:

Post a Comment