Sunday, August 30, 2015

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस


काठमाडौँ, भदौ १३ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । साँझ सात बजेर ३ मिनेटमा भुकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का महशुस भए लगत्तै काठमाडौँ उपत्यका लगायतका शहरहरुमा खैलबैला नै मच्चिएको छ । जसका कारण शहरी इलाकाका मानिसहरु आत्तिदै घरबाट बाहिर निस्किएका छन् । यसअघि आज विहान ३ बजेर ९ मिनेटमा पनि धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसअघि बिहिबार गोर्खा केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो भने त्यसअघि बुधबार ४.२ रेक्टर स्केलको पराकम्प सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएको गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गतेगोरखाा भुकम्पपछि ४ रेक्टर स्केल माथिका ३ सय ८७ पटक पराकम्पन गैसकेको छ ।


0 comments:

Post a Comment