Saturday, August 29, 2015

मलेसियामा दन्कियो आन्दोलनको आगो, प्रदर्शन हिंसात्मक


काठमाडौँ, भदौ १३ । प्रधानमन्त्रीको राजीनामा माग्दै मलेसियामा हजारौं नागरिक सडकमा उत्रेका छन् ।

प्रधानमन्त्री नजिब रज्जाकको राजीनामा माग गर्दै त्यहाँका हजारौं नागरिक सडकमा निस्केर हिंसात्मक प्रदर्शन शुरु गरेका छन् ।

शुक्रबारबाट शुरु आन्दोलनका क्रममा शनिबार दिउँसो क्वालालाम्पुरको सडकमा निस्केका मलेसियन नागरिकले सार्वजनिक सवारी साधन र सडक संरचनामा तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

प्रधानमन्त्री रज्जाकको बैंक खातमा नाम नखुलेका एक विदेशी दाताले ७ अर्ब बढी रकम जम्मा गरिदिएको पोल खुलेपछि मलेसियन नागरिक उनीप्रति आक्रोशित भएर सडकमा उत्रेका हुन् ।

प्रधानमन्त्री रज्जाकको व्यक्तिगत खातामा विदेशी दाताबाट अर्बौं रकम जम्मा भएको तथ्य गत महिना खुलेपछि प्रमविरुद्ध आन्दोलनको आगो सल्केको हो ।

0 comments:

Post a Comment