अपडेटः
कैलाली, भदौ ७ । कैलालीको टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट सोमबार कम्तिमा ७ जना प्रहरीको मृत्यु भएको छ ।
कैलालीको मुनुवा गाविसको सिलम चौराहमा कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट सेती अञ्चल कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको मृत्यु भएको हो ।
मृत्यु हुने अन्य प्रहरीहरुमा प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहरा, हवल्दार रामरिझन चौधरी, ललित साउद, जवानहरु लोकेन्द्र चन्द र तेजबहादुर खड्का रहेका छन् ।
प्रदर्शनकारीले भाला, बन्चरोलगायतका घरेलु हतियार प्रहार गरी प्रहरीको हत्या गरेको प्रहरीले बताएको छ ।
घटनामा दर्जनौं प्रहरीहरु घाइते भएका छन् भन् उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । प्रदर्शनकारीतर्फ समेत हताहती भएको हुनसक्ने बताइएको छ ।
0 comments:
Post a Comment