काठमाडौ । मानव तस्करीमा संलग्न समूहहरूले नेपाललाई अनएराइभल भिसा दिने देशहरूलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन् ।
क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको छ ।क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । नयाँ पत्रिकामा खबर छ ।
तर, त्यो देशमा घुम्ने नाममा भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो छ । भिजिट भिसामा घुम्न जाने भए पनि नेपालीले अमेरिका छिर्न सेन्ट लुसियालाई ट्रान्जिट देशका रूपमा प्रयोग गर्ने गरेका छन् । सेन्ट लुसियामा जान पहिले नै भिसा लिनुपर्दैन ।
सोही देशमा एयरपोर्ट तथा सीमामा नेपालीले भिसा लिन सक्छन् । मानव तस्कर गिरोहले बारम्बार अमेरिका छिर्ने ट्रान्जिट देशका रूपमा सेन्ट लुसियालाई प्रयोग गर्न थालेको छ ।
0 comments:
Post a Comment