Saturday, August 29, 2015

केपि, प्रचण्डलगायत नेतालाई भौतीक कारबाहीको यस्तो चेतावनी


इटहरी, १२ भदौ । प्रधानमन्त्री सुशील कोइराला लगायत मुख्य राजनीतिक दलका शिर्ष नेतालाई भौतिक कारबाही गर्ने थारु नेताले चेतावनी दिएका छन् । थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन ।

लेखीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावललको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका हुन ।

शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, ‘अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तराई र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ ।’

लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कारवाहि गर्ने चेतावनी दिरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए ।

0 comments:

Post a Comment