Saturday, August 8, 2015

प्रकाश र श्रीदेबीको तीज गीत भाइरल बन्दै “ढाडेबिरालो”


पछिल्लो समय चर्चामा रहेका गायक प्रकाश कटुवालले यसबर्षको तिजको कोसेली ‘ढाडेबिरालो’ बजारमा ल्याएका छन् । गतबर्षको कनाईदेऊ न बाईले राम्रो सफलता पाएसँगै यो बर्षको गीतले पनि सफलता पाउनेमा गायक कटुवाल ढुक्क छन । सार्वजनिक भएको गीतमा गायक प्रकाश कटुवाललाई गायिका श्री देवि देवकोटाले स्वरमा साथ दिएकी छिन । अघिल्लो बर्षको तीज गीतमा जस्तै अहिले पनि कटुवालले आफ्नो गीतमा हास्य कलाकारको प्रयोग गरेकाछन । ढाडे बिरालो बोलको तिज गितमा भद्रगोलका सफल जोडी बले र कक्रोजले गायिका तथा मोडल ज्योति मगरसँग रोमान्स गर्न खोजेको देखाईएको छ । तेस्तै गीतको भिडियोमा अर्का हाँस्य कालकार सुरेश थापा (दर्शने) लाई पनि रमाइलो पाराले प्रस्तुत गरीएको छ । उक्त भिडियोको निर्देशन गरेकाछन शंकर बि.सीले । हेर्नुस भिडियो

0 comments:

Post a Comment