
राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा संचालित अन्ना क्यासिनोका संचालकहरुले २ वर्षको भाडा नतिरेको घरधनीले बताएका छन् । घरधनी चैतन्यराज ताम्राकारले क्यासिनो संचालक तप्पबहादुर विष्ट र कल्पदीप राई पछिल्लो समय तिर्नुपर्ने रकम नदिएर फरार भएको बताए ।
अन्ना क्यासिनोले घर घाडाबापत ५० लाख रुपैयाँ दिन बाँकी रहेको उनले सुनाए । पछिल्लो समय भूकम्पका कारण सो क्यासिनो चर्किएको थियो । अहिले पछि भत्काएपछि उनीहरु त्यहाँ रहेका सामान घरधनीको आँगनमा राखेर फरार भएका हुन् । घरमा थुपारेका सामान लैजान घरधनीले ३५ दिने सूचना समेत जारी गरेका छन् । सो क्यासिनो २०४८ सालदेखि संचालनमा आएको थियो । पहिलो विदेशीहरु संचालक हुदाँ समयमा नै भाडा आफूहरुले पाउने गरेको ताम्राकारले बताए । 'भाडामा लागि धेरै आग्रह गर्याैँ, उनीहरुले दिने सुरसार गरेनन् रकम उठाउनका लागि अब प्रहरी गुर्हाछौं, उनले भने ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment