प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए। ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरु तर्सिएका थिए।
गुन्डागर्दीमा संलग्न केही विदेशीसमेत भाग्न थालेका छन्।
कांग्रेसका नेताहरुसँग निकट रहेका घैंटे ३ भदौमा मारिएका थिए। कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रस सभासद जगदिश्वरनरसिंक केसी, नेताहरू भीमसेनदास प्रधान धनराज गुरूङ लगायतसँग उनको सम्बन्ध राम्रो थियो।
घैटेपछि प्रहरीले अरू गुन्डा नाइकेमाथि निगरानी थालेको छ।
कसलाई कसको संरक्षण
पहिला राप्रपामा आबद्ध गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य छन्। ठूलो पार्टीले राम्रो पद नदिएपछि उनी लोकतान्त्रिक फोरमका नेता भएका हुन्।
जेल परेर पनि नसुध्रिएका चक्रे मिलन(मिलन गुरूङ)को एमाले नेताहरुसँग राम्रो सम्बन्ध छ। एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारिक सम्बन्ध समेत छ।नेपालकी श्रीमतीसँग चक्रेले भाइ टीका लगाउँदै आएका छन्।
ललितपुरका मीनकृष्ण महर्जन पनि राजनीतिक रुपमा बलिया छन् । उनको कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध छ। अर्का नेता रामचन्द्र पौडेलले पनि उनलाई संरक्षण गर्दै आएका छन्।
सुन्धाराका पूर्ण गुरूङ र सामाखुसीका महेश श्रेष्ठ खुमबहादुर खड्का निकट छन्।
काभ्रेका सञ्जिव लामा, अजयमान श्रेष्ठलाई कांग्रेस नेताहरुले संरक्षण दिँदै आएका छन्।
काठमाडौंका पुराना डन राजु गोर्खाली कांग्रेस पृष्ठभूमिका भए पनि उनको सम्बन्ध एमाले नेताहरुसँग समेत छ।
नयाँबजारका डन भनिने साजन महर्जनको एमाले नेताहरुसँगै राम्रो सम्बन्ध छ ।
प्रहरीको गुन्डागर्दीको सूचीमा फिल्म निर्माण मधु श्रेष्ठसमेत छन्। उनको कांग्रेस नेता तथा सञ्चार
0 comments:
Post a Comment