सोमाबार रातिसम्म सिंहदरबारमा बसेको थारू सभासद संघर्ष समिति, थारू कल्याणकारीणी सभा, थरूहट संयुक्त संघर्ष समितिको बैठकले संविधानसम्मत शान्तपूरुण आन्दोलन भएको दाबी गर्दै चारै तिरबाट प्रहरीले घेरा हाल्दा प्रतिकार भएको निष्कर्ष निकालेको छ। थारू कल्याणकारी सभाका अध्यक्ष धनीराम थारूले घुसपैठबाट यस्तो घटना भएको भन्दै त्यसलाई आन्दोलन तुहाउने षणयन्त्र का रूपमा अर्थ्याए। को बाट घुसपैठ भयो भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन्। ‘हाम्रो आन्दोलन तुहाउन षणयन्त्र भएको छ, हामी सतर्क भएका छौ। हाम्रो आन्दोलन रोकिदैन, शान्तिपूर्ण आन्दोलन चलाउँछौ,’ उनले भने।
0 comments:
Post a Comment