काठमाडौं, साउन २४ – नवजात शिशुको मृत्युदर घटाउन सरकारले २८ दिनसम्मका बालबालिकालाई निःशुल्क उपचार दिने तयारी गरेको छ । नवजात शिशुलाई कहाँ र कसरी निःशुल्क उपचार दिन सकिन्छ भन्नेबारे अहिले गृहकार्य भैरहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २८ दिनसम्मका बालबालिकालाई उपचारमा ल्याउने केही जिल्लाका अभिभावकलाई यातायात खर्च समेत दिने गरी गृहकार्य थालिएको छ । कम तौलका बच्चा वा समय नपुगिकन जन्मिएका बच्चामा र अरु नवजात शिशुलाई चिसो तथा संक्रमणको खतरा धेरै हुने भएकाले निःशुल्क उपचार दिने तयारी भएको हो । २८ दिनसम्मका बालबालिकामा स्वास्थ्य समस्याको जोखिम धेरै हुने तर आर्थिक अभावमा धेरैले उपचारमा नलैजाने गरेकाले नवजात शिशुको मृत्यु हुने गरेको ठहर गर्दै सरकारले बजेटमा पनि यो कार्यक्रमलाई समेटेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment