Wednesday, August 26, 2015

असुरक्षीत बन्दै प्रहरी, गाभिँदै प्रहरीचौकी



काठमाडौं, भाद्र १० । मध्य र पश्चिम तराईका जिल्लामा प्रहरीलाई निशाना बनाएर हिंसात्मक आक्रमण भएपछि गृह मन्त्रालयले त्यहाँको सुरक्षा अवस्था हेरी साना प्रहरी एकाइलाई नजिकका प्रहरी कार्यालयमा मिसिन मौखिक निर्देशन दिएको छ।  गृह मन्त्रालयले रौतहट, दाङ, बाँके, बर्दिया, कैलालीलगायत हिंसा जारी रहेका जिल्लामा थोरै संख्याका प्रहरीचौकी नजिकको प्रहरीचौकीमा गाभेको हो।कैलाली संवाददाता शिवराज भट्टका अनुसार यहाँका तीन प्रहरी चौकी इलाका कार्यालयमा मिसाइएका छन्।
खैलारस्थित गञ्जुवा प्रहरी चौकी भजनी इलाका कार्यालयमा मिसाइएको छ भने हसुलियाको छोट्की पलिया प्रहरी चौकी हसुलियाकै इलाका प्रहरी कार्यालयमा गाभिएको छ। त्यस्तै पथरैया गाविसको अम्रावती प्रहरी चौकी लम्की इलाका प्रहरी कार्यालयमा मिसाइएको अन्न्पुर्णमा खबर छ । पछिल्लो हिंसापछि यी इलाका प्रहरी कार्यालयहरूमा समेत १० – १५ जना सशस्त्र प्रहरीको समूह राखिएको सुरक्षा संयन्त्रले जानकारी दिएको छ। दाङ संवाददाता गजेन्द्र बोहराका अनुसार सो जिल्लाका एक दर्जनभन्दा बढी प्रहरी एकाइहरू मिसाइएको छ।

गाउँगाउँमा राखिएका एक दर्जन बढी प्रहरी एकाइहरूलाई मिसाएको छ। थारू बहुल गाउँका प्रहरीचौकीलाई नजिकैको अर्को चौकी वा इलाका प्रहरी कार्यालयमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको रिहार र सतबरिया प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय अमिलियामा सारिएको छ। त्यस्तै हापुरमा रहेको प्रहरीचौकीलाई इप्रका नारायणपुरमा ल्याइएको छ।

बेलझुन्डी र बिजौरीका प्रहरी एकाइलाई तुलसीपुर इप्रकामा मिसाइएको छ। तुलसीपुरनजिकै बेलुवाको प्रहरी एकाइलाई बसपार्क प्रहरी बिट तथा दमारगाउँको प्रहरीचौकीलाई जसपुर प्रहरीचौकीमा राखिएको छ।

त्यस्तै पश्चिम शान्तिनगर चिराघाटको प्रहरी एकाइलाई पनि तुलसीपुर इलाका प्रहरी कार्यालयमा ल्याइएको छ। बालापुरको प्रहरी एकाइलाई हेकुलीमा, गोबरडिहाको प्रहरीलाई गढवामा, कोठरीको प्रहरीलाई जिल्ला प्रहरी कार्यालय दाङमा, देउखुरीको नर्तीस्थित अस्थायी प्रहरी चौकीलाई लमही वडा प्रहरी कार्यालयमा, पश्चिम पुरन्धाराको प्रहरीलाई हापुरेमा राखिएको छ।

त्यस्तै बजारमा रहेका प्रहरी बिटहरुलाई पनि प्रहरी चौकीमा स्थानान्तर गरिएको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाको सुरक्षावस्था प्रभावकारी बनाउन प्रहरीलाई एकीकृत गरेर परिचालनमा सजिलो होस् भनेर यस्तो गरिएको हो।

ुअहिलेका लागि प्रहरीलाई एकीकृत गरिएको मात्रै हो। यी अस्थायी चौकी सामान्य स्थितिमा फेरि पुनस्र्थापना हुन्छनु, दाङका एसपी कुबेर कडायतले भने।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझदेखि दाङमा पनि दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

जिल्लाको देउखुरी, भालुबाङ, लमही, घोराही तथा तुलसीपुर बजार आसपासका क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गर्दै निषेधाज्ञा जारी गरिएको छ।रौतहट संवाददाता फणि महतका अनुसार रौतहटका दुई दर्जन चौकीबाट प्रहरी हटाइएको छ।

प्रहरीले चौकी छाडेपछि खाली चौकीमा आगो लगाउने र चोरीका घटना हुन थालेका छन्। संयुक्त मधेसी मोर्चाको दुई सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला सुरक्षा समितिले गाउँगाउँमा रहेका प्रहरीचौकी खाली गराएको हो।

इलाका प्रहरी कार्यालय पिप्राराजवडा, सन्तपुर दोस्तिया, मठिया, जंगलसैया, दुधियाभार, वि श्रामपुर, नरकटिया भवानीपुर, चेतनगरलगायत २० भन्दा बढी चौकीका प्रहरीलाई नजिकै रहेको सुरक्षित एकाइमा सारिएको छ। रौतहटका डीएसपी सुधीरराज शाहीले भने, ुसुरक्षा समितिको निर्णयले आवश्यक देखिएका चौकी खाली गराइएको छ।

गाउँका चौकीबाट प्रहरी हटाइएपछि स्थानीय थप त्रसित बनेका छन्। खाली चौकीमा आक्रमण र सामान चोरी हुन थालेको छ।ुआक्रोशित भीडले मंगलबार साँझ मठिया गाविसमा रहेको खाली प्रहरीचौकीमा आगो लगाएको थियो।

विश्रामपुर चौकीमा तस्करबाट बरामद १० थानभन्दा बढी सालको गोलिया प्रहरीले छाडेपछि चोरी भएको छ। सोमबार र मंगलबार सदरमुकाम गौरमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि जिल्लाको अवस्था असहज बनेको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउँगाउँमा पनि आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्न सक्ने खतरा बढेकाले प्रहरीलाई सुरक्षित ठाउँमा सारिएको बताए। स्थिति सामान्य भएपछि केही दिनभित्रै खाली गराइएको प्रहरी चौकीहरूमा प्रहरी पठाइने उनको भनाइ छ।

मंलगबार भएको झडपका क्रममा गोली लागी मृत्यु भएका मठिया गाविस ६ का राजकिशोर ठाकुरको शव जिल्ला अस्पतालमा राखिएको छ। मधेसी मोर्चाले मृतकलाई सहिद घोषणा, ५० लाख क्षतिपूर्ति दिन, न्यायिक छानबिन समिति गठन गर्न, आश्रित परिवारका एकजना सदस्यलाई रोजगारीलगायतको माग राखेर शव उठाउन दिएका छैनन्।

बुधबार गौरमा जुलुस, प्रदर्शन केही भएन। बजारहरू पूर्ण रूपले बन्द थिए।नेपालगन्ज संवाददाता सुरेन्द्र काफ्लेका अनुसार बर्दियाको राजापुर क्षेत्रको प्रहरीचौकी मनाउ र नेपालगन्जका अस्थायी प्रहरी पोस्टहरू गाभिएका छन्।

प्रहरीचौकी मनाउलाई इलाका प्रहरी कार्यालय पाताभारमा गाभिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराम परियारले बलियो गाभिएको बताए। उनले भने, ुमजबुत बनाउन गाभाएिको हो। चौकीमा थौरे प्रहरी हुन्छ, इलाका थपेपछि उनीहरू अझ बलियो फोर्स बन्छ।ु

बाँकेमा प्रहरीचौकी नै नगाभिए पनि अस्थायी प्रहरी पोस्टहरू भने गाभिएको छ। आन्दोलनकारी केही दिनअघि नेपालगन्जको त्रिभुवनचोकमा रहेको प्रहरी बिट जलाएका थिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीको झडपपछि जलाइएको त्रिभुवन चोकको अस्थायी प्रहरी पोस्ट हटाइएको छ।बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले नेपालगन्ज नगर क्षेत्रका नै केही अस्थायी प्रहरी पोस्ट गाभिएको बताए।

सप्तरीको त्रिकोल अस्थायी चौकीलाई पनि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा गाभिएको छ।गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले थोरै संख्यामा प्रहरी रहेका चौकीलाई आवश्यकताअनुसार नजिकको प्रहरी कार्यालयमा मिसिन भनेको बताए।

उनले अन्नपूर्णसँग भने, ुकेही स्थानबाट ससाना प्रहरीचौकी उठे पनि त्यस क्षेत्रमा सुरक्षा कायम गर्न कुनै समस्या आउँदैन। त्यस क्षेत्रमा सुरक्षाको बन्दोबस्तीसमेत प्रभावकारी ढंगले मिलाइएको छ।ु

कैलालीको टीकापुरमा सोमबार भड्किएको हिंसामा प्रहरीका वरिष्ठ उपरीक्षक सहित सात प्रहरीको हत्या भएपछि गृह मन्त्रालयले संवेदनशील स्थानमा थोरै संख्यामा रहेका प्रहरीचौकीलाई गाभिन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयले पनि सोहीअनुसार मातहतलाई निर्देशन दिएको छ। प्रहरी मुख्यालयले साना साना पोस्ट, भाडामा रहेका र अस्थायी रूपमा रहेका चौकीलाई नजिकको प्रहरी कार्यालयमा गाभिन निर्देशन दिएको हो।

प्रहरी प्रवक्ता कमलसिंह बमले सानो संख्यामा रहेका प्रहरी पोस्ट र चौकीलाई नजिकको कार्यालयमा जान भनिएको बताए। ुसानो संख्यामा रहेका प्रहरीचौकी र पोस्टलाई मिसिन भनेका छौुं, प्रवक्ता बमले भने, ुयसको मतलब चौकी उठाएर खाली गरिएको होइन।

अस्थायी रूपमा थोरै संख्यामा रहेका पोस्ट र चौकीलाई नजिकको कार्यालयमा मिसिन भनेका हौं।ु प्रहरीचौकी गाभिए पनि सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराखिने बमले बताए। क्षेत्रीय प्रहरी कार्यालयले आवश्यकताअनुसार अस्थायी र थोरै संख्यामा प्रहरी रहेका साना प्रहरीचौकीलाई गाभ्नेछ।


0 comments:

Post a Comment