भारतीय संचार मध्यमका अनुसार निर्माता शाहरुख खान र रोहित सेठ्ठीले भारतमा मात्र फिल्म १३० करोडमा बेचेका छन् । विदेशमा पनि फिल्म ४० करोडमा बेचिसकिएको छ । संगीतको अधिकार वापत १५ करोड र स्याटालाइट अधिकार वापत् ४५ करोड फिल्मले पाउने टुंगो भईसकेको छ । यसरी फिल्मले रिलिज हुनु अगावै २ अर्ब ३० करोड जम्मा गर्नेछ । यस फ्लिमको निर्माण लागत ७५ करोड रहेको छ । उक्त चलचित्रले अहिलेकै रकम हिसाब गर्ने हो भने पनि १५५ करोड खुद नाफा कमाइसकेको छ । रोहित सेठ्ठीको निर्देशन रहेको फिल्ममा शाहरुख, काजल, बरुण धवन र कृति सानोंनको मुख्य भूमिका रहनेछ । एजेन्सी ।
0 comments:
Post a Comment