खुकुरी लागेर सिद्धिचरण नपा ३ सोबु्रका सुमन राई,सनम राई, माइतराज राई, रागादीप ५ का चन्द्रधन राई, रागादीप २ का सुगम राई र सनद राई, रागादीप १ का राजेन्द्र राई रहेका छन् । सबैको टाउको र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये सुमन राई र सनम राईको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई राती दुईबजे सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
ओखलढुंगामा उपचार हुन नसकेपछि थप उपचारका लागि सबै सातै जनाको हेलिकोप्टरमार्फत शनिबार दिउँसो काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले जानकारी दिए । प्रहरी घटनास्थल पुगेपनि आक्रमणकारी पहिचान हुन नसक्दा पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार भएको स्थानका तीन जना गाउँलेलाई झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
-तस्बिर फाइल
0 comments:
Post a Comment