‘हामीले पहिला पनि ६ प्रदेशको विकल्प दिएका थियौं । हामीले भनेजस्तै हुने हुन्छ भने अध्यक्षले यसमा सहमति जनाउन सकिन्छ भन्नुभएको हो’ एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘८ प्रदेश त कतैबाट पनि मिल्दो देखिएको थिएन ।’ आफूहरुले भनेजस्तै बहुपहिचानसहितका ६ प्रदेश बनाउन कांग्रेस र एमाले सहमत भएको अवस्थामा आफूहरुलाई आपत्ति नरहेको एमाओवादी नेताको भनाइ छ । यसबारे बुधबार नै टुंगोमा पुग्ने नेताहरुले बताए पनि तत्कालै सहमति भइहाल्ने अवस्था नदेखिएको बैठकमा सहभागी नेताको भनाइ छ ।
६ प्रदेशमा तयार छौं तर…
एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरु ६ प्रदेश मान्न तयार रहेको तर, योसँगै अन्य विषयमा पनि सहमति हुनु पर्ने अनलाइनखबरलाई बताए । उनले भने-‘हामीले पहिले पनि ६ प्रदेशमा जान सकिन्छ भनेकै हौं, तर योसँगै नागरिकता, धर्म निरपेक्षता र शासकीय स्वरुप लगायतका विषयमा समेत एकमुष्ट सहमति हुनुपर्छ ।’
.
0 comments:
Post a Comment