महानगरपालिकाले यसअघि निजी बस व्यवसायीसँग सहकार्य गरी एक वर्षभन्दा बढी रात्रिकालीन यातायात सञ्चालन गरे पनि टिकाउ हुन सकेन। उनका अनुसार महानगरपालिकाले ६ महिनाभित्र १० करोड रुपैयाँ लगानी गरी बस खरिद गर्ने र स्वामित्व हस्तान्तरण गरेलगत्तै साझा यातायात सञ्चालनमा आउनेछ। उनले अब उच्चस्तरीय सहरी परिवहन सञ्चालन हुने दाबी पनि गरे।
यातायातका अध्यक्ष दीक्षितले नयाँ बस बिहान ६ बजेदेखि राति मौसम र आवश्यकताअनुसार ११ देखि १२ बजेसम्म सञ्चालन गरिने जानकारी दिए। उनले भने, ुकागजी टिकटलाई डिजिटल प्रणालीमा लगी इलेक्ट्रिोनिक कार्ड सिस्टममा परिणत गर्नेछौं। यसका लागि नेपाल बैंकसँग सम्झौता भइसकेको छ। बैंकले अन्तर्राष्ट्रिय कम्पनीसँग कार्य अघि बढाएको छ। साझाले २०७० वैशाखदेखि महानगरभित्र पूर्वपश्चिम र उत्तरदक्षिणका लामा रुटको प्रयोग गरी १६ वटा बसबाट बिहान ६ देखि बेलुकी ९ बजेसम्म सेवा प्रदान गर्दै आएको छ। ुचौडा सडक ठूला बसुको सहरी अवधारणाअनुसार ४० सिटे ठूला बस चलाउँदा सार्वजनिक यातायातका यात्रुको व्यवहारमा पनि सुधार भएको उनको भनाइ छ। उनले भने, जहाँ पायो त्यही रोकेमात्र चढ्ने यात्रु अहिले निश्चित ठाउँबाट चढेर निश्चित ठाउँमै उत्रिने भएका छन्। बसभित्र पछाडिबाट चढ्ने र अगाडिबाट उत्रनेजस्ता अनुशासन कायम भएका छन् र ठूला बस सस्ता, सुलभ, भरपर्दो र सुरक्षित भएका छन्।
उनले अबका ठूला बसले ७० जति यात्रु क्षमता धान्ने र बसमा वाईफाईजस्ता केही सुविधा पनि दिइने जानकारी दिए। बस रुटबारे निर्णय भइसकेको छैन।दीक्षितले महानगरपालिका पछि काठमाडौं उपत्यकाका ललितपुर, कीर्तिपुर, भक्तपुरसहितका अन्य नगरपालिकासँग पनि सहकार्य गरिने बताए।
0 comments:
Post a Comment