बस सेवामा अब ई-कार्ड
नेपालमा पहिलोपटक ई-कार्डसहितको शहरी बससेवा सञ्चालन हुने भएको छ । नेपाल बैंकसँग सम्झौता गरी सो बस सेवा सञ्चालन गर्न लागिएको हो । दुई वर्षअघि सञ्चालनमा आएको साझा बसमा सो प्रणाली लागू गर्न लागिएको हो । साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले एक दुई हप्ताभित्रै ई-कार्डबाट बससेवा सञ्चालन हुने जानकारी दिए । ई-कार्ड भएपछि यात्रुले प्रत्यक्ष रुपमा रकम तिर्नुपर्दैन । मेसिनभित्र कार्ड छिराएपछि रकम काटिने र ढोका खोल्ने ब्यवस्था हुनेछ । अध्यक्ष दीक्षितले करिब एक दुई हप्तामा यो प्रविधि लागू हुने बताए ।
0 comments:
Post a Comment