प्रहरीले शुक्रबार साँझसम्म पोष्टमार्टमका लागि पहल गरेपनि काँग्रेस निकट नेताहरु तथा समर्थकरआफन्तले नमाने पछि पोष्टमार्टम हुन सकेन । घैँटेको छाती, तिघ्रा र पिठ्युमा ८ गोली लागेको शिक्षण अस्पतालले जनाएको छ। घैँटेकै विषयलाई लिएर शुक्रबार संसदमा समेत हंगामा भयो । गृहमन्त्रीले संसदलाई जवाफ दिनुपर्यो ।
कांग्रेसी संसदले घैंटेलाई शहिद घोषणाको समेत माग गर्न भ्याए । यसैबिच उनका समर्थकले सुनियोजित रुपमा उनको हत्या गरिएको भन्दै घटनाबारे छानबिनको माग गरेका छन् । बिहिबार कुमारको मृत्यु भएपछि नेपालको राजनीतिमा देखिएको एक किसिमको तरंगले कुमार घैँटे जस्ता समाजका पात्र अनी शहीदको मुल्य मान्य उनीहरुको सपना र नेपाली राजनीति कता जाँदैछ भन्ने एउटा स्पष्ट चित्र कोर्न सहजीकरण गरेको छ ।
0 comments:
Post a Comment