काठमाडौँ : गृहमन्त्री बामदेव गौतमले सप्तरीमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। आज संसदमा सप्तरीको भारदह घटनाबारे जानकारी दिँदै गृहमन्त्री गौतमले प्रदर्शनकारीको आक्रमणबाट बच्न आत्मरक्षाका लागि गोली चलाएको बताएका हुन्। प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम प्रहार गर्ने, गोली प्रहार लगायतका काम गरेकाले प्रहरीले आत्मरक्षामा हवाइ फयार गर्नुपर्ने अवस्था उत्पन्न भएको गौतमले बताए। 'गोली प्रहार गर्ने तथा सञ्चार सेट खोस्ने, हतियार खोस्ने दुष्प्रयास भयो, जवाफमा प्रहरीले अश्रु ग्यास प्रयोग गर्दा समेत मत्थर नभएरपछि हवाइ फायर गर्नु पर्यो', गौतमले संसदमा भने। उनले प्रहरीसँगको झडपमा १० जना घाइते भएको तथा उपचारक लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको अवस्थामा राजीव राउतको ज्यान गएको बताए। त्यस्तै कपिलवस्तुमा एमाले पार्टी कार्यलय तोडफोड गर्न गएको भीडलाइ प्रहरीले रोकेपछि उत्तेजित भीडले साना तथा घरेलु उद्योग कार्यलयमा कम्युटर तोडफोड तथा सोफा बाहिर निकालेर आगो लगाउने काम गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको बताए। उनले कपिलवस्तुमा बन्द अवज्ञा गर्ने स्थानिय ब्यापारी र प्रदर्शनकारीबीच समेत झडप हुँदा प्रहरीले नियन्त्रणमा हस्तक्षेप गर्नु परेको गृहमन्त्रीले जवाफ दिए। मंगलबार सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो। स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश समेत जारी गरेको थियो। घटनाबारे सदनमा आवाज उठेपछि गृहमन्त्रीलाइ जवाफ दिन सभामुखले रुलिङ गरेका थिए।
0 comments:
Post a Comment