Thursday, August 20, 2015

अरू डनहरू पनि निगरानीमा


काठमाडाै‌ भदाै ४ । प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ । जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन छ ।
अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment