चितवन विजयनगर घर भएका ३० वर्षीय विजय चौधरीले उक्त घटनाका बेलामा पनि मापसे गरेको प्रहरीले जनाएको छ । उनले चिकित्सक भन्दै अस्पतालभित्र बिरामीको दुव्र्यवहार प्रयास गरेको प्रहरीले जनाएको छ ।सबैले चिकित्सक सम्झिएका भए पनि बिरामी कुरुवासँग पैसा मागेपछि बल्ल उनी नक्कली भन्ने थाहा पाइयो र प्रहरीले पक्राउ गर्न सफल भयो । चौधरीमाथि अहिले सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक राजन अधिकारी बताउँछन् । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा यस्ता नक्कली कामसमेत हुन थालेपछि अस्पतालको सुरक्षा गम्भीर बन्दै गएको तथ्य पुष्टि हुन्छ ।अस्पतालको गेट सुरक्षा तथा भित्र सुरक्षा हुँदै कर्मचारी स्वयम्सेवक हुँदैभित्र जानुपर्ने संवेदनशील बिरामी कक्षहरुमा मदिरा पिएर नयाँ मान्छे जाँदासमेत कसैले पत्तो नपाउनु बिरामी सुरक्षाको चुनौती भएको अस्पतालमा आएका उनका आफन्तहरुको भनाइ छ ।
0 comments:
Post a Comment