हाँस्य कलाकारहरुले यो दिन बर्षभरीका विभिन्न घटनाहरुलाई हाँस्यव्यंग्यको माध्यमहरुले दर्शकलाई हँसाउने गर्छन । प्रत्येक बर्ष हुँदै आएको गाईजात्रा पर्व यो पटक पनि शनिबारबाट प्रज्ञा भवनमा सुरु भएको छ । ‘तिते जिरे मेरीबास्सै’ को नाममा यो पटकको गाईजात्रामा सुरु भएको हाँस्य कलाकार दिपकराज गिरीले जानकारी दिए ।
यो सँगै विभिन्न ठाँउहरुमा हाँस्य कलाकारहरुले विशेष कार्यक्रमको आयोजना गरि गाईजात्रा पर्व मनाउँदैछन् । हाँस्य कलाकारहरुले प्रत्येक वर्ष गाईजात्राको अवसर सदुपयोग गर्दै दर्शकलाई प्रत्यक्ष रुपमा पेट मिचिमिची हँसाउने कलाकारहरुले अर्धनग्न प्रस्तुतिलाई दर्शक तान्ने फर्मुला बनाएको भन्दै आलोचना पनि खेप्नु परेको थियो ।
दर्शकहरुले अहिलेको गाईजात्रा पर्वलाई हाँस्य कलाकारहरुले अश्लीलतामा परिणत गर्दै गएको भन्ने आरोप पनि लगाउँदै आएका छन् । यो पटक हाँस्य कलाकारहरुले बैंशाख १२ ते गएको भूकम्प, नेता, प्रधानमन्त्री, सभासद्देखि चलचित्रमा झांगिएको नांगिने प्रवृत्तिलाई तारो बनाएका छन् ।
गाईजात्रा ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप गाईजात्रा पर्व मनाउँने गरिन्छ ।
0 comments:
Post a Comment