कैलाली, भदौ १० – टीकापुर घटनामा प्रहरीबाट केही हतियार र सञ्चार सेट आन्दोलनकारीले लगेको खुलेको छ । घाइते प्रहरीका अनुसार आक्रमणकारी आक्रमणकारीले एकथान एसएलआर, एकथान ग्यास गन तथा एकथान पेस्तोल र तीनवटा सञ्चार सेट लुटेर लगेका छन् । के–कति हतियार र सञ्चार सेट लगेका छन् भनेर खोजबिन भइरहेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताए । तीन सञ्चार सेटमध्ये एउटा फेला परे सकेको प्रहरीको भनाइ छ । लुटिएका हतियारमा घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराले प्रयोग गर्ने पेस्तोल, हवल्दार श्याम खड्काको साथमा रहेको ग्यास गन र एसएलआर रहेको प्रहरी स्रोतको भनाइ छ । एसएसपी स्वर्गीय लक्ष्मण न्यौपाने र प्रहरी निरीक्षक बलरााम बिष्टसँग रहेका र अर्को एक सञ्चार सेट आक्रमणकारीले लगेका हुन् । घटनामा घाइतेमध्ये १७ प्रहरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सातजनालाई बढी चोटपटक लागेको र अन्यको अवस्था समान्य रहेको अस्पताल स्रोतले जनाएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment