एजेन्सी (माली), साउन २५
अफ्रिकी मुलुक मालीमा राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत पाइलट राजु भण्डारी बन्दुकधारीको आक्रमणमा मारिएका छन् ।
शुक्रबार भएको आक्रमणमा अन्य दुईजना युक्रेनियन, एकजना दक्षिण अफ्रिकी र एक मालियन पाइलटको निधन भएको थियो।
पाइलट भण्डारीसहितको टोलि राजधानी बामाकोबाट ६ सय २० किलोमिटर दूरीमा रहेको सेभारे सहरको बाइब्लोज होटलमा बसेकाबेला बन्दुकधारीले आक्रमण गरेका थिए। समाचार एजेन्सीहरुका अनुसार मालीमा हालै जन्मिएको मकिना लिबरेसन फ्रन्ट नामको इस्लामिक अतिवादी समूहको यो हमलामा भूमिका रहेको प्रमाणित भएको छ।
0 comments:
Post a Comment