काठमाडौं, श्रावण १७ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ घटेको छ । निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको छ । घटाइएको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ । निगमले हवाई इन्धनमा (आन्तरिकतर्फ) प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ । मूल्य घटाएसँगै पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment