Sunday, August 2, 2015

चिनियाँ मदिरामा भियाग्रा पाइयो


बेइजिङ, श्रावण १८ । चिनियाँ मदिरामा यौनवर्द्धक ‘भियाग्रा’को मात्रा पाइएको छ । चीनका खाद्य सुरक्षा अधिकारीहरुका अनुसार मदिराका हजारौं बोतलमा भियाग्रा पाइएको हो । दक्षिणी चीनको लियोजो शहरबाट करिब पाँच हजार तीन सय बोतल मदिरा बरामद गरिएको छ । बरामद मदिरामा भियाग्राको मात्रा पाइएको अधिकारीहरुले जनाएका छन् । मदिरा बनाउने ठाउँमा ‘सिल्डानेफिल’ नामक सेतो पाउडरका प्याकेट समेत फेला परेको जनाइएको छ । सो पाउडर भियाग्राका रुपमा पनि परिचित रहेको अधिकारीहरुको भनाई छ । खाद्य प्रशासनका अनुसार यस पाउडरलाई तीन अलग–अलग प्रकारका मदिरामा मिसाइएको पाइयो, जो चीनमा निकै रुचाइने गरेको छ । (एजेन्सी)

0 comments:

Post a Comment