Saturday, August 8, 2015

एनसेलमा हप्ताको दुई पटक १०० रुपैयाँ रिचार्ज गर्दा १०० रुपैयाँ नै बोनस


मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब हप्तामा दुई पटक १०० रुपैयाँको रिचार्ज गर्दा १०० रुपैयाँकै बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना साउन २४ देखि आईतवार देखि शुरु हुनेछ र यो साप्ताहिक चक्रमा चल्ने कम्पनीले बताएको छ। जस अन्तर्गत शनिवारसम्म गरिएको रिचार्जलाई गणना गरिनेछ । अर्को आइतवारबाट पुनः नयाँ साप्ताहिक चक्र शुरु हुने बताइएको छ।



यसरी चल्ने योजनामा ग्राहकले एक चक्रमा दोस्रो पटक १०० रुपैयाँको रिचार्ज गर्ने बितिक्कै १०० रुपैयाँको बोनस व्यालेन्स प्राप्त गर्नेछन् । तर प्रिपेडमार्फत  प्रिपेडमा ब्यालेन्स ट्रान्सफरबाट प्राप्त गरिएको ब्यालेन्स बोनस प्राप्त गर्न मान्य हुनेछैन । प्राप्त बोनसबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सकिनेछ र उतm वोनस ५ दिनसम्म मान्य हुनेछ । रिचार्ज कार्ड, भिएफटि, बैंक तथा अन्य कुनै पनि माध्यमबाट रिचार्ज गरि यस योजनाको लाभ लिन सकिनेछ । ग्राहकले एष्ट्रिक्स १७११४ हयास डायल गरी हप्ता भरी आफूले गरेको रिचार्जको निःशुल्क जानकारी लिन सक्न बताइएको छ।  यो योजना १२ हप्तासम्म जारी रहने पनि कम्पनीले बताएको छ ।

0 comments:

Post a Comment