२७ श्रावण, दार्चुला । लिपुलेक बचाऔँ अभियानका क्रममा आज दार्चुला पुगेका नेकपा–माओवादी निकट अनेरास्ववियु(क्रान्तिकारी)का दश कार्यकर्तालाई भारतीय सीमा सुरक्षा बल एिसएसबी)ले नियन्त्रणमा लिएको छ । दार्चुला सदरमकामबाट लिपुलेकको नक्सा र सम्बन्धित कागजात र पर्चासहित एसएसबीले उनीहरुलाई धार्चुलामा नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
“पारि धार्चुला गएका दश जनालाई नियन्त्रणमा लिएको खबर आएको छ ।” प्रजिअ प्रेमसिंह कुवँरले भन्नुभयो, “भारतीय पक्षले शङ्कास्पद कागजातसहित बजारमा भेटेपछि नियन्त्रणमा लिएको थाहा भएको छ लिपुलेकबारे अहिले दार्चुला सदरमुकाममा क्रान्तिकारीले जागरण अभियान सञ्चालन गरिरहेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment