पोष्ट प्रोडक्शनको अन्तिम चरणमा रहेको चलचित्र ‘सुश्री’पूर्णरुपमा कमेडी शैलीमा निर्माण गरिएको चलचित्र हो। सफल चलचित्र लेखक शिवम् अधिकारीले निर्देशन गर्नु भएको चलचित्र ‘सुश्री’लाई आशिका फिल्मस् प्रालीको ब्यानरमा आशिका तामाङ र आत्मराम थापाले निर्माण गरेका हुन् ।चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुर्बिना कार्की , रवि प्रधान लगायतको मुख्य भूमिकामा रहेको छ ।बसन्त सापकोटा र सुबास भुषालको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको यस चलचित्रको छायांकन हेटौडा र काठमाण्डौमा गरिएको थियो ।नेपाली फिल्मी क्षेत्रमा चलचित्र ‘सुश्री’लाई सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ ।
0 comments:
Post a Comment