साउन १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसाले भाउ घटेको छ । निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको छ । मूल्य घटाएसँगै पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आइतबारराती १२ बजेबाट लागू हुनेछ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment