फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बाट नायिका ऋचा शर्माले राष्ट्रिय पुरस्कार पाइन् । ऋचाले पाएको उक्त पुरस्कार लाई लिएर फिल्मी वृत्तमा विभिन्न खाले टिकाटिप्पणी भए । यही टिकाटिप्पणीको सेरोफेरोमा रहेर न्यूजपेजथ्री डटकमका लागि उत्सब रसाईलीले नायिका शर्मासँग कुराकानी गरेका छन् ।

तपाईंले पाएको राष्ट्रिय पुरस्कार लाई लिएर विभिन्न खाले टिकाटिप्पणी हुँदै छन् नि ?
मंगलबार अवार्ड हुँदै थियो । म विदेशमा थिएँ । आईतबार मात्रै म नेपाल आइपुगे । मलाई कुनै प्रकारको निमन्त्रणा पनि आएको थिएन । राष्ट्रिय अवार्डमा ‘टलकजंग भर्सेस टुल्के’ पनि दिएको छ भन्ने कुरा चाहिं थाहा थियो । सोमबार बेलुका मात्रै मलाई फोन आयो विकास वोर्डबाट ‘तपाई उत्कृष्ट दुई नोमिनेशनमा पर्नु भएको छ’ भनेर । यो चाहिं मेरो लागि एकदमै अप्रत्यासित नै थियो । गत वर्ष पनि म नोमिनेशनमा त परेका थिएँ । तर, दुई जना भएपछि चाहिं पचास पचास प्रतिशत जित्ने चान्स भयो । अर्को को ? नायिका बोलाएको थियो मलाई थाहा थिएन । पछि गएर थाहा पाँए, संगम र नम्रता हुनुहुन्थ्यो त्यहाँ । मैंले अवार्ड जितें त्यही बाटै यस्ता कुराहरु आउन थाले । मन्त्रीको 'सोर्स फोर्स' लाको भनेर । तपाई आफैं सोच्नुस् त, म नेफ्टा सँग आवद्ध छु, विशेष दाई र भरत दाई मेरो एकदमै नजिकको मान्छे हुनुहुन्छ । मैंले उहाँलाई आजसम्म पनि म नोमिनेशनमा छु कि छैन भनेर सोध्ने आँट पनि राख्दिन भने कसैलाई मेरो नाम ‘लभी’ गरिदेऊ भनेर म सपनामा पनि सोच्न सक्दिंन । मलाई लाग्दैन कि मैंले कसैलाई भनी रहनु पर्छ जस्तो । म हकदार नै छु जस्तो लाग्छ । मलाई त्यो अवार्ड पाएकोमा कुनै पनि पछुतो छैन, अवार्ड पार्एकोमा म गर्व गर्छु ।
सूचना तथा सञ्चार मन्त्री ज्यूले नै ऋचा शर्मालाई अवार्ड दिनुस् भन्नु भयो रे ?
हो, कुरा आयो रे भन्ने मैंले पनि सुनें । उहाँसँग मेरो राम्रो सम्बन्ध नै छैन । जहिल्यै प्रोग्राममा आउँदा हलो हाउ आर् यु ? मात्रै हुन्छ । मेरो फोनबाट कहिले एक कल फोन पनि गएको छैन आजसम्म । यस्ता कुरा सुनें पछि चाहिं मलाई फोन गरौं कि जस्तो पनि लागेको थियो, उहाँले मेरो नामको लागि प्रेसर गर्नु भएको थियो या पुस गर्नु भएको थियो ? किनभने जुरी मेम्वर बाटै यस्ता कुराहरु आयो भन्ने कुरा सुन्नामा आयो । जुरी मेम्वरले नै म विजेता थिइँन भन्ने कुराहरु ल्याउनु भयो । तर, मलाई कस्तो लाग्यो भने यदि मैंले त्यो गरें भने मैंले अवार्डको ‘इन्सल्ट’ गरेको हुन्छ । राष्ट्रपतीको ‘इन्सल्ट’ गरेको हुन्छ । यो प्रसिडेन्टल लेभलको अवार्ड हो । मलाई कुनै अवार्ड जित्ने प्रक्रिया नै थाहा छैन । मलाई यति थाहा छ कि मैंले जितें ।
भनेपछि किन बाहिरिए त यस्ता कुराहरु ?
मलाई केही पनि थाहा छैन । केही लेभलमा केही कुराहरु भयो होला तर मलाई कुनै पनि हालतमा यस्ता कुरा थाहा छैन, म नोमिनेशनमा थिएँ कि थिइँन, मैले जितेको थिईं कि थिइँन ? मलाई यति कुरा थाहा छ, मलाई सोमबार राती फोन आयो मंगलबार अवार्ड जितें । त्यो बाहेक यदि कसैले मलाई प्रमाण ल्याइदिन सक्नु हुन्छ भने म फेस गर्न तयार छु । कसैलाई फोन गरेर ‘प्लिज मलाई विनर बनाइदिनु पर्यो’ भनेर मैंले भन्या छु भन्ने कुरा ल्याउँछन् भने पनि म तयार छु फेस गर्न ।
यस्तो खालको कुरा आउँदा पक्कै पनि खुसी हुनुहुन्न होला ?
मलाई एकदमै दुःख लाग्छ । यो अवार्ड पाएर मलाई पश्चताप छैन भन्ने कुरा मैंले अघि पनि भनिसकें । किनभने म हकदार थिएँ जस्तो लाग्छ मलाई । मेरो कामको सही मूल्याकंन नै भयो जस्तो मलाई लाग्छ र म विकास वोर्ड र जुरी सदस्यहरुप्रति धेरै नै कृतज्ञ छु ।
तपाईंले नम्रता जी (नम्रता श्रेष्ठ) ले पाउने अवार्ड खोस्नु भयो रे ?
खोस्न त कसरी खोस्नु भन्या ? कसैलाई भनसुन गरेर अवार्ड पाउन सम्भव छ भने त भने म ओस्कर नै पाउँथें नि ? किन नेशनल ? (हाँसो...) । यदि त्यस्तै हो भने म नेफ्टासँग यति धेरै नजिक छु हरेक वर्ष नेफ्टाको अवार्ड जित्थें होला नि त ?
गएको वर्ष यही नेफ्टाको अवार्ड नपाउँदा तपाईं फेन्ट भएर लिफ्टमै ढल्नु भयो रे ?
मेरो प्रेसरको प्रोब्लम छ । म जहिल्यै पनि ढली ‘रा’ हुन्छु । त्यसमा अवार्डको कुनै पनि हात छैन । विशेष गरी मलाई लिफ्टमा गाह्रो हुन्छ । यो कुरा धेरैलाई थाहा छैन । परिवार र नजिकको साथी भाई लाई मात्रै थाहा छ । इयर प्लेनमा यात्रा गर्दा पनि मलाई यस्तो समस्या आउँछ । आज पुगेर भोली अवार्ड भयो । त्यस्तो खालको कार्यक्रम भएर एकदमै धेरै कमजोरी पनि भएको थिएँ । खानाको पनि राम्रो तालिका थिएन । फेरी यहाँ अभिव्यक्ति स्वतन्त्रताको पनि कुरा आउँछ । अभिव्यक्ति स्वतन्त्रता जतिसुकै घटिया भएपनि म सम्मान गर्छु ।
स्वतन्त्रतताको पनि दायरा हुन्छ होला नि ?
अब खै त ! यहाँ त देखिदैन ? कस्तो सम्म आइरा हुन्छ भने कहीं बाट पनि ‘कनेक्ट’ नै गर्न नसक्ने कुराहरु पनि आइराहुन्छ । जस्तै नाम जोडिने कुराहरु । अनि जहिल्यै पनि नायिकाहरु नै पिडित ? जहिल्यै पनि ऋचा शर्माले या कसैले पनि अवार्ड पाउँदा लबी नै गरेर पायो भन्ने कुरा किन ? नायकले चाहिं के गरेर पायो त ? त्यो कुरा किन आउँदैन् ? किनभने हामी धेरै ‘सेलेबल’ छौं जस्तो लाग्छ मलाई । मलाई यस्ता कुराले कहीले काही दुःख पनि लाग्छ किनभने मेरो पनि परिवार छ । भविष्यमा अझै ठूलो परिवार हुन्छ होला । यो कुराहरुले कहीं न कही प्रभाव पार्छ । तर मिडिया लाइनमा आए पछि चाहिं ‘युज टु’ हुनु पर्दो रहेछ । तर यसको मतलब यो होइन कि जसले जे मन लाग्यो त्यही लेख्ने ? कति कुराहरुमा चाहिं म बोल्छु कति कुराहरु चाहिं यति बकवास हुन्छ कि त्यसमा बोल्नु भनेको आफ्नै इज्जतलाई घटाउनु हो ।
समस्या चाहिं कहाँ देख्नु हुन्छ यहाँ ?
कम्युनिकेशन ग्याप देख्छु म । धेरै मनलाग्दो लेखिरा हुन्छ । फेरी पढ्ने र लेख्नेले पनि न्यूज के हो ? गसिप के हो ? भन्ने फरक देख्नु हुन्न ।
अब के गर्नु पर्छ ?
कुनै पनि समुहमा सबै जना शिक्षित र बौद्धिक हुन्छन् भन्ने होइन । दुई चार जना त्यस्तै लेभलका पनि हुन्छन् । धेरै मिडिया राम्रो हुनुहुन्छ । जस्तै मेरै हकमा पनि एक दुई वटा मिडिया हुनुहुन्छ, उहाँहरुले कहिल्यै पनि मेरो बारेमा राम्रो लेख्नु हुन्नं । तर यदि मेरो बारेमा राम्रो लेख्दैन भने प्लिज मेरो बारेमा नराम्रो पनि नलेखिदिनुस् । तपाई लाई यसको कुनै अधिकारी नै छैन । तर, तपाईले मेरो नराम्रो लेख्नु हुन्छ भने प्लिज राम्रो पनि लेख्नुस् ।
राष्ट्रिय चलचित्र पुरस्कारमा जब तपाईंको नाम घोषणा गरियो, त्यो बेला कस्तो महसुश गर्नु भयो ?
सुरुमा मैंले मेरो बुवालाई सम्झें । उहाँ भएको भएको एकदमै धेरै गर्व गर्नुहुन्थ्यो होला । उहाँ बित्नु भएको ६ वर्ष भयो ।
सुरुमा संगम विष्टको नाम आयो, पुरस्कार पाउने आशा मरिसकेको थियो होला हैन ?
सुरुमा संगम विष्टको नाम सुन्ने वित्तिकै मेरो दिमागले पहिल्याउँनै सकेन कि को हो संगम विष्ट भनेर । एइइइइ...‘लभ यू बाबा’ को संगम विष्ट भन्ने सम्झदै गर्दा ऋचा शर्मा भनेर आयो, जुन चाहिं एकदमै अप्रत्यासित थियो । किनभने कमै मात्रामा संयुक्त रुपमा पुरस्कार दिइन्छ ।
भनेपछि तपाईंको अभिनयको मूल्याकंन राष्ट्रिय स्तरबाट भयो ।
मेरो अभिनयको मूल्याकंन त ‘टुल्के’ रिलिज हुने वित्तिकै नै भएको थियो । मिडिया, फिल्मकर्मी, साथीभाई र दर्शक सबैले मेरो अभिनयको मूल्याकंन गर्नु भएको थियो । जहिल्यै पनि मेरो फिल्म आउँदा ऋचा शर्माले केही नौलो गरेको होला भनेर दर्शकले ‘वेट’ गर्नुहुन्छ । त्यसमा मैंले उहाँहरु लाई निराश पारिन । टुल्केमा चाहिं ऋचा शर्मालाई होइन ‘फूली’ लाई नै देखियो भन्ने कुरा आएको थियो । एउटा नायिकाको लागि त्यो भन्दा ठूलो के नै हुन्छ र ?
अन्यले दिने पुरस्कार र राष्ट्रिय पुरस्कारमा फरक चाहिं के हुने रहेछ ?
यो राष्ट्रिय हो । अरु अवार्ड भन्दा धेरै नै मूल्य हुन्छ । पछि मेरो छोरा छोरीले पनि मलाई राष्ट्रिय पुरस्कार विजेता भनेर गर्वको साथ भन्न पाउँछन् ।
हरेक फिल्ममा तपाईको भूमिका फरक फरक हुन्छन् हैन् ।
सधैं एउटै घिसिपिटी गरेर त मान्छेलाई पनि ‘बोरिङ’ हुन्छन नि होइन । म आफैंले भोली मेरो फिल्मको फुटेज हेर्दा यो कुन फिल्मको भनेर थाहा भएन भने त के मज्जा भयो र होइन ?
फिल्म निर्माण र निर्देशनमा के छ योजना ?
एक दुई जना ‘एक्सक्लुसिभ’ स्क्रिप्ट लिएर आउनु भएको छ । धेरै जनाले मलाई स्क्रिप्ट पठाउनु भएको छ । राम्रो स्क्रिप्टमा अवश्य फिल्म बनाउँछु । तर म पुरै निर्माता होइन नायिका हुँ । निर्देशन भनेको सबै भन्दा गाह्रो काम हो । अहिलेसम्म निर्देशनमा कुनै ईच्छा छैन । बरु प्रोडक्सन डिजाइनमा ईच्छा छ किनभने म मार्केटिङको विद्यार्थी हुँ ।
साभार न्यूजपेजथ्री
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment