बाँके,साउन २४ – छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर–४ का ६० वर्षका तुलबहादुर शाही पक्राउ परेका छन् । सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । केही समययता बालिकामा अस्वभाविक रुपमा दुब्लाउने र टोलाइरहने समस्या देखिएपछि सोधपुछ गर्दा घटनाबारे थाहा पाएको बालिकाका आफन्तले बताएका छन् । परिवारले घटना थाहा पाएर असार २४ गते प्रहरीमा उजुरी गरेयता शाही फरार थिए । ‘२० रुपैयाँ सापटी रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरेको बालिकाले बयान दिएकी छन्,’ कोहलपुरका डिएसपी टिकाबहादुर शाहीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment