पोखरा, १६ साउन । भीषण वर्षासँगै गत बुधबार राति आएको पहिरोबाट कास्कीमा हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लुम्लेमा २७, भदौरे तमागीमा छ र ढिकुरपोखरीको ठूलीचौरमा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी १८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना उपचारपछि घर फर्केका छन् । बेपत्ता भएका ६८ वर्षीय ईन्द्रप्रसाद देवकोटा, ६२ वर्षीया रुद्रमति देवकोटा र भदौरे तमागी गाविसका सात वर्षीय समीर पराजुलीको शव आज पहिरोबाट झिकिएको हो । पहिरोमा परी अझै चार जना बेपत्ता रहेका छन् । रासस
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment