राज्यले सुदूरपश्चिमको कैलालीको केहि भाग टुक्रयाउन खोजेको भन्दै कैलालीको धनगढीमा विरोध र्यालीसहित कोण सभाको आयोजना गरिएको छ। कोण सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य केशव मिश्रले विगतका दिनमा यसै भूमिबाट ३२ दिने आन्दोलनको शरूवात गरेको बताउँदै फेरि पनि राज्यले कैलालीलाई टुक्र्यायाउने गरेको प्रयास हुन नदिने बताए। त्यस्तै नेकपा एमाले किसान संघका केन्द्रीय सदस्य दीर्घराज जोशीले झापा, सुनसरी र मोरङ अखण्ड भैरहँदा कैलालीलाई मात्रै टुक्रा टुक्रामा विभाजन गराउन भैरहेको भन्ने जानकारीको विरोध स्वरुप यो आन्दोलनको शुरुवात गरिएको बताए।
अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाले विगतका दिनमा कैलालीवासीले सुदूरपश्चिम अखण्ड रहन देखाएको समर्थन फेरि पनि दोहरीने बताउँदै सबैलाई आन्दोलनमा साथदिन आग्रह गरे। कैलालीलाई अखण्ड सुदूरपश्चिम मै राख्नु पर्ने भन्दै टीकापुर, लम्की, सुखड र अत्तरियामा समेत प्रदर्शन गरिएको थियो।
0 comments:
Post a Comment