यो समस्याको समाधानका लागि मानिसहरु अनेक गर्छ तर पनि छुटकारा पाइरहेका हुँदैनन्।
यस्ता डण्डीफोर र यसका दागहरु हटाउने घरेलु उपाय यसप्रकार छ।
आइसको टुक्राः
आइसको टुक्रालाई राती सुत्नुअघि डण्डीफोरमा विस्तारै रगड्नाले उक्त स्थानमा रक्तसंचार छिटो हुन्छ। यसले गर्दा रातभरमा डण्डीफोरको दाग कम भएर जान्छ। साथै लगातार अनुहारमा प्रयोग गर्नाले डण्डीफोरको समस्या पनि कम हुन्छ।
वाफ लिनेः
तातो पानीको वाफ लिनु डण्डीफोर र यसका दागहरुका लागि राम्रो समाधान हो। यसले अनुहारमा चमक पनि ल्याउँछ।
यसका साथै डण्डीफोर आउन नदिन सकेसम्म आफ्नो अनुहारमा हात नराख्ने, बेलुकी सुत्नु अगाडि अनुहार धोएर सुत्ने, चिल्लो, अमिलो कम खाने गर्नुपर्छ।
0 comments:
Post a Comment