२०७२ भदौ ७
धनगढी, ७ भदौ । कैलालीको टिकापुरमा प्रहरी र आन्दोलनकारीबीच भएको दोहोरो भिडन्तमा परी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेलाई जिउँदै जलाएर हत्या गरिएको खुलासा भएको छ ।
घरेलु हतियारसहित आएका प्रदर्शनकारीले एसएसपी न्यौपानेलाई घेरा हाली हतियारले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर घाइते भएका न्यौपानेको शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्व खड्काले बताए ।
प्रदर्शनकारीले सँगै रहेका एसएसपी न्यौपानेका अंगरक्षक माथि भाला प्रहार गरी हत्या गरेका थिए । पछिल्लो विवरण अनुसार कैलालीमा १७ प्रहरीसहित २० जनाको मृत्यु भएको डीएसपी खड्काले बताए ।
प्रशासनले लगातार चार दिनदेखि लगाउँदै आएको कर्फयू र निषेधाज्ञा तोड्न खोज्दा कैलालीको टीकापुरमा भीडन्त भएको हो । जिल्ला प्रशासन कार्यालय टीकापुरले बिहान ११ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । थारुहट पक्षधरले टीकापुरको चारैतिरबाट निषेधाज्ञा तोड्ने प्रयास गर्दा यस्तो भीडन्त भएको हो ।
-अभिन्युज तव बाट
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment