Friday, August 28, 2015

आफुले जानीजानी आन्दोलन गर्नेहरुको समर्थन गरेको : बाबुराम भट्टराई


सामाजिक सञ्जालमार्फत जातीय, क्षेत्रीय र साम्रदायिक द्धेष फैलाउँने किसिमको अभिव्यक्ति दिएका भन्दै आलोचित बनेका एकीकृत नेकपा माओवादीका नेता तथा संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले आफूले जानेर बुझेरै आन्दोलन गर्नेहरुको समर्थन गरेको बताएका छन् । उनले न्युज २४ टेलिभिजनका लागि टिभी जर्नलिष्ट संगम बानियाँसँग कुराकानी गर्दै आफू पहिलेदेखि नै मधेशी, आदिवासी, जनजाति र महिलाको हीतमा लागि परेको भन्दै महिला र पुरुषको कुरा उठे महिलाको पक्षमा खस आर्य र मधेशीको कुरा उठे सधैं मधेशीको पक्षमा उभिने वताए ।

0 comments:

Post a Comment