Saturday, August 8, 2015

एउटै बिहेमा नाच्ने भए सलमान शाहरुख


मुम्बई । शाहरुख खानद्वारा सलमान खानको फिल्मको प्रसंसा, सलमानले शाहरुखको अभिनयको तारिफ । बलिउडमा यो प्रसंग अहिले सामान्य हुन थालेको छ । मुम्बईका महंगा होटलमा आयोजना हुने समारोहमा शाहरुख सलमानको दोस्तीका तस्वीर खिच्न टेलिभिजन च्यानललाई भ्याई नभ्याई छ भने शाहरुख र सलमानको ट्वीट हेर्दै रिट्वीट गर्नेहरु पनि अचम्मित भएका हुन् सक्छन् । उनीहरुको मित्रताको नयाँ नयाँ माध्यम देखा पर्न थालेको छ ।


भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अब शाहरुख र सलमान एउटै बिहेमा कम्मर मर्काई-मर्काई नाच्ने छन् । समाचारमा जनाइए अनुसार गौतम गम्भिरको काकाकी छोरीको बिहे सलामान खानकी बहिनी अर्पिताको देवरसंग हुने भएको छ । यसपछि गौतम र सलमान नातेदार हुने भएका छन् । अर्को कुरा शाहरुख र गौतम गम्भिरको उत्तिकै राम्रो सम्बन्ध छ । शाहरुखको आइपीएल टिम कोलकाता नाईट राईडर्सका क्याप्टेन हुन् गौतम । यो बिहेमा शाहरुख, सलमान दुबैलाई एकै ठाँउमा उपस्थित गराएर नचाउने अभियानमा गौतम गम्भिर लागेका छन् । हेरौ उनको प्रयास कति सफल हुने छ ।

0 comments:

Post a Comment