फाइनान्सको मासिक किस्ता तिर, गाउँमा पैसा पठाऊ, दैनिकी त्यती सहज थिएन । राजधानीका प्रत्येक गल्ली चहारेर यात्रुहरूलाई गन्तव्यमा पुर्याएर उनको दिनचर्या बित्दै थियो । ट्याक्सी चलाउने क्रममा उनले नेता देखी अभिनेता, सामान्य कर्मचारीहरू देखी मन्त्रालयका उच्च प्रशासकहरूलाई गन्तव्यसम्म पुर्याए । यस्तै क्रमम उनले एक दिन यस्तो यात्रु फेला पारे जसले उनको जीवनशैली नै परिवर्तन गरिदियो । उनी यसरी बने पुरूष यौनकर्मी आज भन्दा ठीक दुई वर्षअघि उनी राजधानीको मुख्य सडकममा ट्याक्सी हुईंक्याउँदै थिए । यस्तै झरीको मौसम थियो । आकासमा बादल मसिनो भएपनि पानी पर्ने क्रम रोकिएको थिएन । उनी दरवारमार्ग तिर ट्याक्सी गुडाउँदै थिए । महेन्द्रको शालिक कटेर पूर्वपट्टी अघि बढ्नासाथ उनले एक यात्रु भेट्टाए । अन्दाजी ३५ वर्षकी महिला उनको ट्याक्सीमा चढिन् र कोटेश्वर पुर्याइ दिन आग्रह गरिन् । ट्याक्सी चढेको केही बेरसम्म त त्यस्तो कुराकानी भएन । त्यसो त ट्याक्सीमा को यात्रु चढ्छ, ओलन्छ, चालकले त्यती महत्व राख्ने विषय पनि भएन । यात्रुहरूलाई पनि सिर्फ आफ्नो गन्तव्यमा पुग्ने भन्दा अरू कुराका मतलव हुने भएन । कसैले घर कता हो सम्म सोध्छन् । ती यात्रु महिलाले पनि घर कता हो सोेधिन् र सामान्य कुराकानी पनि गरिन् । कुराकानीकै क्रममा उनले आफू ‘बिजनेस म्यान’ भएको र आफ्नो कहिलेकाँही गाडि विग्रिएको बेलामा काम लाग्ने भन्दै उनको मोवाइल नम्बर पनि मागिन् । त्यस दिन उनले ती यात्रुलाई उनको गन्तव्य सम्म पुर्याएर फर्किए । त्यसको करिव एक हप्ता पछि उनको मोवाइलमा अपरिचत नम्बरबाट फोन आयो । फोन गर्ने मानिस अरू कोही नभएर त्यही एक हप्ता अघि कोटश्वर पुर्याएकी महिला रहिछिन् । उनले आफूलाई एउटा मिटिङमा जान हतार भएको र कोटेश्वर लिन आउन भनिन् । संयोगले उनी पनि खाली थिए र तत्कालै ट्याक्सी लिएर कोटेश्वर पुगे । त्यसपछि उनले कोटेश्वरबाट ती महिलालाई दरवारमार्गको एक होटलमा पुर्याए । तर, आफ्नो मिटिङ सुरू नभएको र फेरि फर्किनु पर्ने भन्दै उनलाई आफूसँग रहन भनिन् । उनी पनि ती महिलासँगै होटल तिरै पछि लागे । होटलमा उनले कफि खाए । ती महिला भने दिउँसै वाइन खान थालिन् । त्यसपछि भने उनको गतिविधि प्रति शंका लाग्न थाल्यो । एक घण्टा पछि मिटिङ स्थगित भएको भन्दै उनले आफूलाई फेरि घरै पुर्याइदिन भनिन् । उनले उनलाई यस अघि पुर्याएको ठाउँसम्म पुर्याइदिए । कोटेश्वर मुख्य सडकको भित्री भाग छिरेपछि उनको घर पुगिने रहेछ । उनले ती महिलाले घरको गेट सम्मै पुर्याए । तर, ती महिलाले उनलाई चिया खाएर जान करै गरिन् र घरभित्र आउन आग्रह गरिन् । घरमा कोही रहेनछन् । श्रीमान् ठूलै बिजनेस म्यान भएको र राजधानी बाहिर धेरै बस्ने गरेको उनले यस अघि नै बताएकी थिइन् । एउटी छोरी थिइन् तीपनि कलेज छुट्टी भएका मामाघर गएकी रहिछिन् । आलिसान घर रहेछ । उनले ती चालकलाई घर भित्रै लिएर गइन् । र भित्र पुर्याएपछि कुराकानी सुरू गरिन् । गफगाफकै क्रममा उनले यस्तो प्रस्ताव गरिन्, सुरूमा त उनी तीन छक परे । ती महिलाले उनलाई ठाडै आफ्नो शारीरिक भोक मेटाइदिनु पर्ने र त्योवापत आफूले जे गर्न पनि तयार हुने बताएपछि उनी लोभ्भीए । ट्याक्सी चलाउने क्रममा उनले त्यस्ता कुरा नसुनेका होइनन् । त्यसो त साथीहरूले पनि यस्तो ग्राहक भेट्टाउने गरेको बताउँथे । तर, उनले आखैँ अगाडि फेला पारे । त्योे दिन देखी उनको दैनिकीमा बदलाव आयो । त्यसपछि ती महिलाले उनलाई हप्तामा दुई दिन जसो आफ्नो घरमा बोलाएर आफ्नो यौन चाहना पुरा गराउन थालिन् । त्यसक्रममा उनले घरमा मात्र होइन रातबस्ने गरी होटलमा सम्म बोलाउँथिन्, उनी भन्छन् । सुरूमा उनलाई अप्ठ्यारो लाग्न थाल्यो । उमेरले भर्खर २५ काटेका उनी आफ्नो जीवन विग्रिएलाकी र ती महिलाले फसाउँछिन् कि भन्ने पनि नलागेको होइन । विस्तार विस्तारै उनी ती महिलासँगै लहसिए । त्यसवापत महिलाले उनलाई मनग्ये पैसा पनि दिन्थिन् । उनले महिना भर ट्याक्सी चलाउँदा नकमाएको पैसा एकैदिन पनि कमाउन थाले । ती महिलाले उनको ट्याक्सीको किस्ता पनि तिरिदिइन् । र केही पैसा उनको शारीरिक सुगठनमा पनि खर्चन लगाइन । त्यस्तै दुई महिनापछि उनले आफ्ना केही त्यस्ता महिला साथीहरूलाई पनि भेट गराइन, जुन उनकै सर्कलका थिए । विस्तारै उनी पेशेवर यौनकर्मी बनेर ती महिलाहरूको यौनतुष्टी पुरा गर्ने माध्यम बने । क्रमशः उनले आफ्नो ट्याक्सी चलाउने पेशालाई छायाँमा पारेर उनी त्यही कर्ममा लिप्त हुन थाले । मेहनत पनि कम मनग्ये पैसा, उनी दलदलमा फसे । पाँच जना महिलाको यौनचाहना पूरा गर्छु अहिले उनीसँग ती महिलाका अलावा अन्य पाँच जना महिलाहरू नियमित सम्पर्कमा छन् । उस्तै व्यापारिक घरानीयाका उनीहरूसँग पैसाको कुनै कमि छैन । श्रीमान्बाट यौन चाहना पूर्ती नभएका तथा काम विशेषले श्रीमान्हरूसँग लामो समय अलग बस्नु पर्नेहरू हुन् उनीहरू । उनको यो कर्मबारे उनका साथीभाइ वा नजिकका कसैलाई पनि थाहा छैन । त्यसो त गोपनियताको कुरा पनि हुन्छ, उनी सुनाउँछन् । अहिले उनले त्यो समूहमा एकजना नयाँ भाइलाई पनि प्रवेश गराएका छन् । सबै महिलालाई आफैँले मात्र समय दिन नसकेकाले उनले ती भाइलाई उनीहरूको सम्पर्कमा पुर्याएका हुन् । उनका अनुसार राजधानीमा यस्ता थुप्रै पेशेवर पुरूष यौनकर्मीहरू छन्, जो विदेश गएका पुरूषका श्रीमतीहरू, विविध कारणले आफूले यौनतुष्टी नपाएका महिलाहरूको चाहना परिपूर्तीका भरपर्दो माध्यम बनेका छन् । त्यो वापत उनीहरूले मोटो रकम कमाएका छन् । मासिक एक लाख भन्दा बढी बचाउँछु कुराकानीको क्रममा उनले आफू मासिक एक लाख भन्दा बढी बचाउने गरेको खुलासा गरे । आफ्नो सेटलमेन्ट भएपछि उनी त्यो पेशाबाट बाहिर आउने दावी गर्छन् । त्यसो त अप्रत्यासित प्रगती देखेर साथीभाइ र इष्टमित्रले शंका गर्लान् या खोजिनीती गर्लान् भन्ने भय पनि नभएको होइन उनलाई । त्यसलाई ढाकछोप गर्न उनले आफूले ठूलै एनजीओको गाडी चलाउने गरेको बताउने गरेका छन् । नियमित जिम जान्छु उनले त्यो पेशा अँगाले देखि नियमित खानपानमा ध्यान पुर्याएको बताउँछन् । उनी नियमित जिम जान्छन् । काजु, मासु, फलफूल नियमित सेवन गर्ने र त्यसवापत मासिक ३० ४० हजार खर्च गर्ने उनको भनाई छ । कतीपयका छोरी पनि सम्पर्कमा त्यस्तै काम गर्दागर्दै एकदिन एकजना महिलाको छोरीले चाल पाइछिन् । छोरीले चाल पाएपछि आमाको पोल खुल्ने भयले सुरूमा त ती महिलाले छोरीलाई मनग्ये पैसा पनि दिइछिन् । तर पछि छोरी पनि उनकै सम्पर्कमा आएको र आफूले ती महिलाले थाहा नपाउने गरी छोरीको पनि यौन प्यास मेटाइदिने गरेको उनले दावी गरे । महिलाको छोरीले पनि उनले आफ्नो साथीहरू भेटाइदिएको उनी बताउँछन् । यौनमा डरलाग्दो बन्दै छ समाज उनका अनुसार भर्खर प्लस टू र व्याचलर पढेका युवतीहरू पनि यस्तो लतमा फसिसकेका छन् । अवेरसम्म डिस्कोमा रमाउन रूचाउने, समलैंगिक सम्बन्धमा रमाउने र यौनकर्मी पुरूषमार्फत आफ्नो शारीरिक भोक मेटाउनेहरूको जमात निकै फराकिलो बन्दैछ । सामाजिक सञ्जाल, पोर्न फिल्म र सानैदेखी केटासाथीहरूसँगको उठबसले आजको पुस्ता हिजोको संस्तो संकिर्ण नरहेको उनको जिकिर छ । उनका सम्पर्कमा आएका युवतीहरू प्राय १८ देखि २५ कै छन् । कतिपयसँग मनग्य खर्च गर्ने पैसा नभएकाले व्वोयफ्रेण्ड बन्न आग्रह गरेको पनि उनी बताउँछन् । त् कतिपय भने मोटो पैसा बोकेर उनको सम्पर्कमा आउँछन् । प्रस्तुतिः रामनाथ खनाल
0 comments:
Post a Comment