काठमाडौं, भदौ १३ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत रेजिडेन्ट चिकित्सकले सोमबारदेखि अस्पताल सेवामा सहभागी नहुने निर्णय गरेका छन् । अस्पतालमा कार्यरत रेजिडेन्टहरुको संस्था नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियासनको बैठकले सोमबारदेखि आकस्मिक बाहेकका सेवामा सहभागी नहुने निर्णय गरेको हो ।
डा.गोविन्द केसीको आमरण अनशनको सातौं दिनसम्म सरकारले माग सुनुवाइ नगरेको भन्दै तीन सयभन्दा बढी रेजिडेन्ट चिकित्सकले आकस्मिक बाहेकका सेवा संचालन नगर्ने निर्णय गरेका हुन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment