Wednesday, August 26, 2015

भूमध्यसागरको बीच बाटोमै डुंगा रोकिदाँ निसास्सिएर ५० जनाको मृत्यु


काठमाडौं, भदौ १० । लिबियाबाट भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने क्रममा रहेको एक डुंगा बीच बाटोमै रोकिँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । लिबियाको तटीय क्षेत्रमा रोकिएको डुंगाबाट अन्य ४ सय ३० भन्दा बढीको भने जिबितै उद्धार गरिएको छ । अधिकांशको निसास्सिएर मृत्यु भएको इटालीयन अधिकारीहरुले जनाएका छन । मृत्यु भएको छ भने त्यति नै संख्यामा उद्धार गरिएको छ । बुधबार भएको दुर्घटना र त्यसपछिको उद्धार कार्य पनि हालसम्मको दसौं पटक भएको इटालीयन अधिकारीहरुले जनाएका छन ।
पछिल्लो समय भुमध्येसागर हुँदै २ लाख ५० हजारभन्दा बढी मानिस युरोप प्रवेश गरिसकेका छन् । ती मध्ये १ लाखभन्दा बढी इटलीमा प्रवेश गरेको बताइएको छ । (एजेन्सी)

0 comments:

Post a Comment