Tuesday, August 11, 2015

मध्यपश्चिमको आन्दोलनबाट शीर्ष नेता त्रसित


काठमाडौं, श्रावण २६ । दुई दिन अघि सीमाङ्कन गरिएको ६ प्रदेशलाई लिएर मुलुकको पश्चिम भागमा आन्दोलन चर्केपछि संविधानसभाका चार ठूला दलका शीर्ष नेताहरुले आक्रोशित जनतालाई संबोधन गर्ने गरी नयाँ निर्णय सार्वजनिक गर्ने तयारी गर्दै छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारबीच देशका विभिन्न भागमा भइरहेको विरोध प्रदर्शनका बारेमा छलफल भएको छ । एमाले उपाध्यक्ष् युवराज ज्ञावलीका अनुसार मध्यपश्चिममा सोमबार देखि चर्किएको आन्दोलनले शीर्ष नेताहरु चिन्तित बनेका छन् । ‘प्रदेशको सीमाङ्कनलाई त्यति महत्व दिएन, हतारमा निर्णय गर्नु पर्दाको परिणाम देखियो,’ उनले भने, ‘यसलाई शीर्ष नेताहरुले सम्बोधन गर्छन् । त्यसका लागि हामी सबै लागि परेका छौं ।’

0 comments:

Post a Comment