अझ रुढीवादी गाउँलेहरुले कलिमलाई राक्षसी बच्चा समेत भन्ने गरेका छन् । जसका कारण कलिमको परिवारलाई ठूलो पिर पर्दै आएको छ । कलिमका बुवा मोहम्म्द समिमको कमाइले दुइछाक टार्नै मुस्किल थियो । त्यसैले कलिमको उपचारका लागि उनले कतै लग्न सकेका थिएनन् । तर जब कलिमका भिमकाय हातका विषयमा अन्तराष्ट्रिय मिडियाहरुमा खबर छाउन थाल्यो कलिम सबैको आँखामा परे । अन्ततः यी ८ वर्षे बालकले नयाँ जिवन पाउने भएका छन् । केही महिनाअघि कलिमको परिवारसँग चर्चित शल्यचिकित्सक डाक्टर राजा सबाप्याथीको भेट भयो र उनै डाक्टरले ती बालकको हातको शल्यक्रिया गरी कलिमको हातलाई सामान्य अवस्थामा फर्काउने चुनौति आत्मसात गरेका छन् ।
कलिमको विषयमा एक नयाँ डकुमेन्ट्री समेत बनेको छ । त्यसमा कलिम आफ्ना परिवार सहित गाउँबाट हजारौँ माइल यात्रा गरेर तमिल नाडुको गंगा अस्पतालमा डाक्टर सबाप्याथीको टोलीलाई भेट्न जान्छन् ।
त्यो बालकको हात देखेपछि डाक्टरहरु त्यो लोकल गिग्यान्टिज्म भएको निधोमा पुगेर त्यसको उपचार सम्भव रहेको टुंगो गर्छन् । अनि निकै सावधानी पूर्वक सुरुमा एउटा हातको मात्र शल्यक्रिया गर्ने र त्यसपछि मात्र अर्को हातमा सुरु गर्ने निर्णय गर्छन् ।
गत नोभेम्बरमा क्वेम्बाटोर अस्पतालमा कलिमको दायाँ हातमा पहिलो शल्यक्रिया सम्पन्न भयो । त्यसपछि पनि उनको श्रृंखलाबद्ध रुपमा विभिन्न अप्रेसनका साथै फिजियो थेरापी गरिँदै आएको छ ।
अब केही समयपछि कलिमको बायाँ हातको शल्यक्रिया गरिनेछ र कलिम तथा उनका अभिभावको यसको प्रतिक्षामा छन् ।
उपचारपछि कलिम निको हुने र हात सामान्य अवस्थामा आउनेछ । तर गाउँमा भने पूरानै रुढीवादी कायमै छ । अझैपनि गाउँलेहरु पूर्वजन्मको श्रापका कारण कलिमलाई त्यस्तो भएको भन्न छाडेका छैनन् ।
एकजना गाउँले अमानुल्लाह खान भन्छन्- समाधान सम्भव छ भन्ने देखिन्छ । त्यो बच्चालाई इश्वरले श्राप दिएका हुन् भन्ने हामी गाउँलेहरुको ठम्याइ हो । तर सायद अहिले उसको भाग्य बदलियो होला र भविष्य राम्रो पनि हुनसक्ला ।
बुवा समिम आफ्नो छोरा कलिमको हात ठिक हुने र छिटै स्कुल जान सक्नेमा आशावादी छन् । कलिमलाई सुरुमा भर्ना गर्न नमानेका स्थानीय स्कुलका प्रधानाध्यापक मोहम्मद सविर भन्छन्, ‘कलिमको बारेमा हामीलाई थाहा छ । ऊ स्कुलमा भर्ना हुन खोजेको थियो तर कतिपय कारणले हामीले उसलाई भर्ना गर्न सकेनौँ ।
अहिले उसको उपचार भैरहेको हामीले सुनेका छौँ । हातमा सुधार आएमा उसले भर्ना भएर पढ्न सक्नेछ । हामीले हाम्रा विद्यार्थीहरुलाई पनि कलिमलाई नजिस्काउन भनेर सिकाउन थालिसकेका छौँ ।’
0 comments:
Post a Comment