Tuesday, August 11, 2015

सुर्खेतको वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा


सुर्खेत, साउन २६ – सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार क्षेत्रका विभिन्न स्थानहरुलाई सुचना जारी गरी ती क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । प्रशासनले वीरेन्द्रनगर बजारभित्रकै कटकुवा हेल्थ पोष्ट चोक, आँखा अस्पताल चोक, घण्टाघर चोक, उषा बोर्डिङ्ग स्कुल अगाडिको चोक, नगरपालिका दक्षिण सडक, खेलकुद विकास समिति चोकदेखि उत्तरतर्फ यस्तै धमला चोक, शंकरचोक, शंकरचोकदेखि टेलिकमको पश्चिम बाटोलाई निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधित कार्यहरु पनि तोकेको छ । प्रशासनले शिक्षण संस्थालगायत अन्य कुनै संस्था, मनोरञ्जन केन्द्र र कार्यालय बन्द गराउने कार्य निषेध गरिएको छ । यस्तै निषेध गरिएका क्षेत्रमा ५ जना वा सो भन्दा बढी व्यक्तिहरु जम्मा नहुन प्रशासनले आग्रह गरेको छ ।
साढे ९ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र तोकिएको र अर्काे सूचना जारी नभएसम्म निषेधित क्षेत्र कायमै हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment