२६ साउन, । काठमाडौं उपत्यकामा सामान्य जीवनयापन गर्न एक व्यक्तिले वाषिर्क ४१ हजार रुपैयाँ कमाउनैपर्ने देखिएको छ । पाँच सदस्य भएको परिवारको मासिक खर्च भने १७ हजार रुपैयाँ देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुका लागि गरिबीको रेखा ४० हजार नौ सय ३३ रुपैयाँलाई मानिसएको छ । तथ्यांकअनुसार समान्य जीवनयापन गर्न काठमाडौंमा प्रत्येक दिन एक व्यक्तिको एक सय १२ रुपैयाँ खर्च हुन्छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment