धादिङ, २६ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले पृथ्वीराजमार्गमा रहेका धादिङका पाँच पेट्रोल पम्पमा सिल गरेको छ । पम्पले उपभोक्तालाई कम मात्रामा डिजेल दिएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा पेट्रोल पम्पमा ताला लगाएको हो । सिल गरिएका पम्पमा मलेखुस्थित अम्बे आयल, बेनिघाटस्थित सदाज्योति आयल स्टोर, जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरलगायत पाँचवटा रहेका छन् । राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि कारबाहीका लागि सिल गरिएको हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment