‘फ्रि द निप्पल’ भन्दै छाति खोलेर हिँडेका महिलाहरुले संसारका ६० शहरहरुमा आइतबार जात्रा गरेका छन् । ‘गो टपलेस डे’ मनाउने क्रममा अर्द्धनग्न महिलाहरुले निप्पल (स्तनको मुन्टो) देखाउन पाउनुपर्ने माग गरेका हुन् । टपलेस महिलाहरुको सबैभन्दा ठूलो भेला अमेरिकाको न्यूयोर्क शहरमा देखियो । टाइम्स स्वायरमा प्रदर्शन गरिरहेका महिलालाई रोक्ने किन नरोक्ने भन्ने द्विविधामा रहेका सरकारी अधिकारीहरुले कुनै कदम चाल्न सकेनन् । न्यूयोर्कको प्रदर्शनमा अगुवाई गरिरहेकी अभिनेत्री तथा मोडल रचेल जेसीले महिलासरह पुरुषलाई पनि सार्वजनिक स्थानमा अर्धनग्न हुन दिनुपर्ने बताइन् । ‘विश्वव्यापी रुपमा महिलाहरुले पुरुषले जस्तैगरी निप्पल देखाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
मध्य म्यानह्याटनमा प्रहरीले वरिपरीको यातायात बन्द गरेर प्रदर्शनकारीलाई सुविधाजनक बनाइदिएको थियो । त्यहाँ करिब ३ सय टपलेस महिलाहरुको उपस्थिति रहेको थियो । न्यूयोर्कमा सन् १९९२ देखि छाति खुला गरेर हिँड्न महिलालाई द्धुट दिइएको छ । तर मेयर बिल डे ब्लासिओ र प्रहरी आयुक्त बिल ब्राटोन अहिले अर्द्धनग्न भएर तथा शरीरमा पेन्ट गरेर हिड्न महिलालाई रोक्ने विषयमा छलफल गरिरहेका छन् ।
महिलाहरुले करिब दुई घन्टा सडकमा उफ्रिदा पैदलयात्रु तथा पर्यटकलाई रमिता भएको थियो । धेरैले अर्द्धनग्न महिलाहरुलाई अंगालो मारेर सेल्फी खिच्न भ्याए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment